Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपालमै पहिलो पटक एलईडी बोर्डमा स्मार्ट क्यूआरको नोटिफिकेसन सेवा सुरु

नेपालमै पहिलो पटक एलईडी बोर्डमा स्मार्ट क्यूआरको नोटिफिकेसन सेवा सुरु


काठमाडौँ। स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा क्यूआर भुक्तानी को रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन्।

क्यूआर मार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीको लागि कुर्न पर्ने बाध्यता थियो। टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरूलाई कारोबार पूरा भएको यकिन गर्न कठिन भइरहेको थियो।

साथै ग्राहकको चाप धेरै भएको मर्चेन्ट लोकेसनमा एसएमएस मार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या थियो। त्यसै गरी एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवैलाई अप्ठ्यारो भइरहेको थियो।

एससीटीले मर्चेन्टहरुलाई मोबाइल तथा वेब लगइन मार्फत पनि कारोबार हेर्न, पैसा जम्मा तथा फिर्ता गर्न मिल्ने सुविधा सुरुवाती दिनहरू देखि नै दिँदै आइरहेको छ।

सोही कारोबारको अलर्ट प्राप्तिकै लागि मोबाइल तथा वेब लगइन चलाई राख्न समेत कारोबार धेरै हुने ठाउँहरूमा झन्झटिलो तथा समय खर्चिनु पर्ने परिस्थिति थियो। अब एलईडी स्क्रिनमा कारोबार भए लगत्तै कारोबारको रकम देखिने हुँदा कारोबार पूर्ण भए नभएको सहजै यकिन गर्न सकिने छ। एलईडी स्क्रिन जडान गर्न सजिलो र सरल छ।

यसलाई एस सिटिले प्रदान गर्ने मोबाइल एप्लिकेसन द्वारा सजिलै कन्फिगर गर्न सकिन्छ। स्मार्ट क्युआरमा आबद्ध बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरूले स्मार्ट क्यूआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्नेछन्।

मोबाइल एपद्वारा नै नेटवर्क तथा स्क्रिनको ब्राइटनेस पनि मिलाउन सकिन्छ। स्क्रिनमै कारोबारको रकम देख्न सकिने भएकाले भिडभाड तथा हल्ला खल्ला हुने ठाउँमा यो प्रविधि निकै नै उपयुक्त तथा प्रभावकारी छ।

पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT