Techie IT
२०८१ असार १, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर सेवा

नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर सेवा


काठमाडौँ। माछापुच्छ्रे बैंकले काठमाडौँको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा नेपाल पे र फोन पे दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आइतबार संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन्।

विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ क्यूआर सेवा सञ्चालनमा ल्याइएको माछापुच्छ्रे बैंकले जानकारी दिएको छ।

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्यूआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्रो बेकरीको नयाँ आउटलेट बालुवाटारमा

काठमाडौँ । स्वादिलो बेकरी परिकारले ग्राहकलाई आकर्षित गरिरहेको ब्रो बेकरीले बालुवाटार चण्डोलमा नयाँ आउटलेट बिस्तार गरेको छ । कुकिज, केक,

सुनको भाउ चार सय रुपैयाँले घट्यो

काठमाडौँ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । बिहीबार स्थिर रहेको सुनको भाउ आज चार सय

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

पोखरा । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा

शेयर बजारमा कारोबार रकम झन्डै ५ महिनायताकै उच्च

काठमाडौँ । लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव

बंगलादेशले नेपालको ४० मेगावाट बिजुली किन्ने क्याबिनेट समितिबाट स्वीकृत

काठमाडौँ । बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएको छ । बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट

शेयर बजार आज पनि बढ्यो

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अङ्कले बढेर २

Techie IT