Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थकुन बैंकको ब्याजदर थोरै वा धेरै ? अब हाम्रो पात्रोबाट तुलना गर्न सकिने

कुन बैंकको ब्याजदर थोरै वा धेरै ? अब हाम्रो पात्रोबाट तुलना गर्न सकिने


काठमाडौँ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैंक ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । एपमा सोमबारदेखि बैंक रेट नामक नयाँ फिचर थपिएको हो ।

जसको सहयोगमा प्रयोगकर्ताले निश्चित बैंकमा रहेका विभिन्न खाता तथा त्यसमा उपलब्ध ब्याजदर, कुन बैंकमा खाता खोल्दा धेरै ब्याज आउँछ अथवा कुन बैंकले सस्तो ब्याजदरमा ऋण दिन्छ भन्ने जस्ता जानकारी सहजै फेला पार्न सक्नेछन् । निश्चित बैंकमा रहेका विभिन्न खातामा उपलब्ध ब्याजदर थाहा पाउन बैंकको नाम र खाताको प्रकार छनौट गर्नुपर्ने हुन्छ ।

तर एक बैंकको ब्याजदरलाई अर्को बैंकको ब्याजदरसँग तुलना गर्नका लागि भने माथि दायाँ कुनामा रहेको तुलनाको आइकन (विपरीत दिशामा फर्किएका दुई धर्सा) मा क्लिक गरी “कम्पेर विथ” (Compare with) मा तुलना गर्न चाहेका कुनै दुई खाता रोज्नुपर्ने हुन्छ । सब डोमेनको रूपमा राखिएको बैंक रेटभित्र बचत खातामा उपलब्ध ब्याजदर तुलना गरेजस्तै गरी विभिन्न बैंकहरूले दिने लोन (ऋण) को ब्याजदर समेत थाहा पाउन र तुलना गर्न सकिन्छ ।

यसका लागि तल बीच भागमा रहेको ‘लोन’ (Loan) मा क्लिक गर्नुपर्ने हुन्छ । त्यससँगै ऋण रकमको किस्ता कति पर्न आउँछ भन्ने कुरा समेत थाहा पाउन सकिने ईएमआई क्याल्कुलेटर पनि दिइएको छ ।

बैंक रेट नामक फिचर सार्वजनिक गरेको हाम्रो पात्रोले सम्बन्धित बैंकहरूसँगको समन्वयमा यो सुविधालाई परिष्कृत गर्दै लैजाने योजना रहेको जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट

Techie IT