शेयर बजार दोहोरो अङ्कले बढ्यो
काठमाडौँ। साताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा पुगेको छ।
आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्यबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ। सबैभन्दा धेरै थ्री स्टार र अपर साङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा माउन्टेन इनर्जी नेपाल कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ। समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रीको शेयर १० प्रतिशतले ओरालो लागेको छ।
आज दुई सय ७१ वटा कम्पनीका ९७ लाख १८ हजार कित्ता शेयर किनबेच भएका छन्। ९५ हजार नौ सय वटा कारोबारमा तीन अर्ब एक करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयर ५८ करोड ४५ लाख रुपैयाँ र घोराही सिमेन्टको शेयर २३ करोड १५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड