गृहपृष्ठ ∕
अर्थ ∕
भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगायो भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगायो
काठमाडौँ। भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ। भारतले निर्यात रोक्ने उद्देश्यका साथ प्याजको निर्यातमा महसुल बढाएको हो।
प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको छ।
कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ।
विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ। निर्यात करले भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ। हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ। नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ। भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ।
नेपालको मुख्य प्याजको स्रोत मुलुक भारत हो। गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार
म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा
काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा
काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न
काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार
काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर