शेयर बजार साढे २९ अङ्कले बढ्यो
काठमाडौँ। लगातार दास्रो दिन आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ विन्दुमा पुगेको छ।
आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ। सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे नौ प्रतिशतले बढेको छ।
समग्रमा बजार हरियाली भए पनि आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० म्युचुअल फन्डको शेयर साढे सात प्रतिशतले ओरालो लागेको छ।
आज बजारसँगै कारोबार रकम पनि बढेको छ। ४२ लाख ३७ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रिजको शेयर सात करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल
महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ