शेयर बजार पाँच अङ्कले घट्यो
काठमाडौँ। शेयर बजार आज मङ्गलवार पाँच अङ्कले घटेको छ। हिजो पाँच अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ विन्दुमा झरेको छ।
आज व्यापार, निर्जीवन बीमा, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ। सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था र साम्लिङ पावर कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै कुथेली बुखारी हाइड्रो र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर १० प्रतिशतले बढेको छ।
आज ४० लाख छ हजार कित्ता शेयर ८६ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको तीन करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती दार्चुलाको तिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। हिजो मङ्गलवारदेखि मोबाइल सेवा सञ्चालनमा
काठमाडौँ। आज बुधवार शेयर बजार सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार
काठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको सुदूरबस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा ल्याएपछि अब
काठमाडौँ। गत साताबाट निरन्तर गिरावट आएको सुनको मुल्य आज बुधबार भने बढेको छ। आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले
काठमाडौँ। काठमाडौँ महानगरपालिका–२२ स्थित खिचापोखरीमा हिमालयन बैंक लिमिटेडको नयाँ भवन शिलान्यास भएको छ। बैंककै जग्गामा निर्माण हुन लागेको भवनको शिलान्यास
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ। केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान