Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थनाडा अटो शोको टिकट खल्तीमा

नाडा अटो शोको टिकट खल्तीमा


काठमाडौँ। ‘खल्ती’ले “नाडा अटो शो २०२३ “ सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ।

अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्ती मार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन्।

भदौ २६ देखि भदौ ३१ सम्म हुन गइरहेको यस एक्स्पोमा विद्यार्थी वर्गले रु १५० र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

आयोजकका अनुसार यस वर्ष नाडा अटोमा १७ वटा चारपाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्नेछन्।

यसका साथै सहभागीहरूले खल्तीको स्टल अवलोकन गरी खल्तीको विभिन्न अफर्सहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन्।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन , ‘हामी नाडा अटो शो २०२३ सँग एक्सक्लुसिभ टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा निकै खुशी छौं । हाम्रो डिजिटल टिकटिङ्ग सुविधाले प्रदर्शनी स्थलमा भिंड कम गरी भ्रमणकर्ताहरूलाई सहज बनाउने र प्रदर्शनीलाई अझै सफल बनाउने कुरामा हामी बिश्वस्त छौं साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नकालागि २० ५ क्यासब्याक पनि प्रदान गरेका छौं।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

Techie IT