Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थक्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने

क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने


काठमाडौँ। क्यान्सर रोगीको संख्या बढ्दिै गइरहेका बेला त्यस्ता बिरामीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यका साथ पदयात्रा कार्यक्रमको आयोजना हुने भएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर रोग सम्बन्धि सचेतना जगाउने उद्धेश्यका साथ भदौ ३० गते शनिबार पदयात्रा कार्यक्रमको आयोजना गर्न लागेको हो।

“क्यान्सर रोगवाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, पीडित परिवारका सदस्यहरुको व्यवस्थापनमा सहयोग गर्नुका साथै देशव्यापी अभियानका रुपमा क्यान्सर रोगबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीका साथै उपचारमा सहयोग प्रदान गर्ने कार्यक्रमको लक्ष्य छ,” संस्थाका अध्यक्ष महेश श्रेष्ठले भने।

इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा आयोजना हुने उक्त पदयात्रा काठमाण्डौंको खुल्लामञ्चबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, टेकू, परोपकार, काष्ठमण्डप, दरबार स्क्वायर, न्यूरोड गेट, रानी पोखरी, दरबार मार्ग हुँदै ७ किलोमिटरको यात्रा पछि खुल्लामञ्चमा नै समापन हुनेछ।

विभिन्न किसिमका रोग र यसवाट बच्न अपनाउनु पर्ने सावधानी तथा रोकथामका विषयमा स्वास्थ्य परामर्श दिने, रक्तदान जस्ता कार्यक्रम समेत समेत आयोजना हुने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए। कार्यक्रममा विभिन्न किसिमका स्वास्थ्य परीक्षण पनि गराइनेछ।

‘स्टेपिङ फरवार्ड फर क्यान्सर फ्री फ्युचर’ भन्ने नारा साथ आयोजना हुने पदयात्रा कार्यक्रमबाट आर्थिक सहयोग संकलन गरी संस्थाको कार्यालय रहेको स्थानमा क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनाको काम सुरु गर्ने उनले जानकारी दिए। ५ हजार जनाको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमका सहभागीबाट सहयोग स्वरुप संकलित रकम संस्थाको निर्माणधीन भवनमा क्यान्सर डाइग्नोसिस सेन्टरको पुर्वाधार निर्माणमा लगानी हुनेछ।

पदयात्रामा सहभागी हुनेहरुले प्रतिव्यक्ति १ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदा टीशर्ट, क्याप, र फूड प्याकेज पाउनेछन्। कार्यक्रमको पेमेण्ट पार्टनर आईएमई पे मा लगइन गरेर पदयात्रामा सहभागि हुनका लागि टिकट खरिद गर्न सकिने इभेण्ट सोलुसनले जनाएको छ।

समाज सेवाको यो अभियानमा सहभागि भई आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका अध्यक्ष श्रेष्ठले आम नागरिक, सम्बद्ध संघ संस्था लगायतलाई आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संरक्षकत्व तथा काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमलाई सेरो ल्याब ग्रुपले शीर्ष प्रायोजन गरेको छ भने ३ दर्जन बढी संस्थाहरुले सहयोग गरेका छन्।

नेपाल अर्बुद रोग निवारण संस्थाले नेपालमा क्यान्सर रोगको रोकथामका लागि चेतना अभिवृद्धी सम्वन्धी कार्यक्रमका साथै क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउँदै आएको छ। विगत ४१ बर्ष अर्थात २०३९ सालदेखि गैर नाफामूलक र समुदायमा आधारित राष्ट्रिय तहको सामाजिक संस्थाका रुपमा स्थापित यस संस्थाले देशका ४५ जिल्लामा शाखा विस्तार गरिसकेको छ।

नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथामका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल अर्बुद रोग निवारण संस्थाले सूर्तिजन्य पदार्थहरुको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई सहयोग पुर्याउँदै आएको छ। विषेशतः सूर्तिजन्य पदार्थको रोकथाम र नियन्त्रण, खानपान रहनसहन र दिनचर्यालाई गतिशिल र चलायमान बनाउनु पर्ने कुरा, पोषणयुक्त खानपानको उपभोग जस्ता कुराहरुलाई पनि कार्यक्रममा एकाकार गर्दै लगिएको संस्थाले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

Techie IT