Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थकोका–कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन

कोका–कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन


काठमाडौँ । कोका-कोला नेपालले ‘चिल एन विन’को अपार सफलतापछि ‘चिल एन विन २.०’ क्याम्पेन फेरि लिएर आएको छ। यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारका रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्नेछ।

यसका साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिनेछ। यस रोमाञ्चक क्याम्पेनले ग्राहकमाझ अनेकौँ एक्साइटिङ पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको छ।

क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी)को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ। यी कोडहरू ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइट www.sprite.com.np मा पनि पठाउन सकिन्छ।

एसएमएसमार्फत इन्टर गर्न सहभागीहरूले मेसेज बक्समा <COKE> <SPACE> <LABEL युनिक कोड> <SPACE> <FULL NAME> टाइप गरी ३४००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ।

यसको विकल्पमा ग्राहकले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन्। प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिनेछ।

गत सप्टेम्बर १ बाट सुरु भएको यो क्याम्पेन ३१ अक्टोबरसम्म चल्नेछ। ग्राहकले यस क्याम्पेनमा भाग लिएर धेरै भव्य र रोमाञ्चक पुरस्कारहरू जित्ने मौका पाउनेछन्।

नेपालमा कोका–कोलाले यस किसिमको क्याम्पेन ल्याएको यो पहिलो पटक भने होइन। कोका–कोला नेपालले आफ्ना ग्राहकहरूलाई रोमाञ्चक र आकर्षक दुवै किसिमका क्याम्पेनहरू प्रदान गर्दै आएको छ। ‘चिल एन विन’को पहिलो संस्करण, ‘क्यापमा कार’ तथा ‘स्प्राइटसंग जित्ने मौका’ कोका–कोलाको गत वर्षका स्मरणीय क्याम्पेनहरू मध्येका केही क्याम्पेन हुन्।

‘चिल एन विन २.०’का साथमा कोका–कोलाले नेपालभरका ग्राहकलाई रिफ्रेसमेन्टका साथै अविस्मरणीय अनुभवहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ। अब कोका–कोला, स्प्राइट तथा फ्यान्टा पिएर एक्साइटिङ उपहार जित्न तयार हुनुहोस्!




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT