Techie IT
२०८१ कात्तिक २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थकेन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु एक खर्ब ४६ अर्ब दुई करोड वित्तीय हस्तान्तरण गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।

आगामी आर्थिक वर्ष २०८०–८१ मा ससर्त अनुदानतर्फ प्रदेशलाई रु ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई रु एक खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा रु दुई खर्ब २७ अर्ब ६१ करोड विनियोजन भएको छ ।

त्यसैगरी, समपूरक अनुदानतर्फ प्रदेशलाई रु ६ अर्ब २२ करोड र स्थानीय तहलाई रु सात अर्ब पाँच करोड गरी जम्मा रु १३ अर्ब २७ करोड विनियोजन गरिएको छ । विशेष अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः रु चार अर्ब ४६ करोड र रु आठ अर्ब ७३ करोड विनियोजन गरिएको छ ।

राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा जम्मा रु एक खर्ब ७३ अर्ब ९२ करोड रकम हस्तान्तरण हुने अर्थमन्त्री डा महतले बताए । ससर्त, समपूरक र विशेष अनुदान कार्य प्रगतिका आधारमा मात्रै हस्तान्तरण हुने व्यवस्था गरिएको उनले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ आज तीन सय रुपैयाँले बढ्यो

काठमाडाैँ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ६८ हजार दुई सय

सरकारी जागीरसँगै कालिज पालन

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिज पालन गर्दै आएका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

गण्डकी । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ

सुनको भाउ तोलाको एक लाख ७० हजार नाघ्यो

काठमाडाैँ । सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । हिजो धनतेरसको दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको

मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन्

ढोरपाटन (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्

सुनकाे भाउमा नयाँ कीर्तिमान

काठमाडौँ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम

Techie IT