Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाल टेलिकमद्वारा टिङ्करमा मोबाइल सुविधा

नेपाल टेलिकमद्वारा टिङ्करमा मोबाइल सुविधा


काठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको सुदूरबस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले मंगलबारदेखि मोबाइल सेवा सञ्चालनमा ल्याएपछि अब सो क्षेत्रका जनताले सहजरुपमा आफ्नै मोबाइलमार्फत टेलिफोन गर्न सक्ने भएका छन्।

चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१ मा अवस्थित उत्तर पश्चिमी नाका टिङ्करमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्याएको थियो।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए। अब भने टिङ्कर क्षेत्रमा रहेका करिव पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन्। यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकसमेत यसबाट लाभान्वित हुनेछन्।

करिब तीन हजार ७०० मिटरको उचाईमा अवस्थित टिङ्कर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङ्रुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलङ्गाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ। त्यहाँबाट करिब आठ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ।

नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानसमेतमा समानरुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिङ्करसमेतमा सेवा सञ्चालनमा ल्याएको उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट

Techie IT