माछापुच्छ्रे बैंक २४ औं वर्षमा प्रवेश
काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ। २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा माछापुच्छ्रे बैंक स्थापना भएको थियो।
वार्षिकोत्सवको अवसरमा बैंकले एक विशेष कार्यक्रमको आयोजना गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान समेत गरेको छ।
कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति, प्रगति र सम्वृद्धिका लागि सहयोग गर्ने सबैमा धन्यवाद समेत दिए। महतोले आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै ग्राहकहरुलाई थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनीय ढंगले जिम्मेवारी बोध गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता जनाएका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड