Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थ३ लाख ८० हजारमै यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड

३ लाख ८० हजारमै यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड


काठमाडौँ। नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल ३ लाख ७९ हजार ९ सय रुपैयाँमा विक्री गर्ने भएको छ। यो मोटरसाइकलमा एफआई इन्जिन, नवीनतम् डबल डिस्क र बीएस सिक्स इन्जिन टेक्नोलोजीसहित तीनवटा मुख्य विशेषताहरू रहको कम्पनीले जनाएको छ।

एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा कुनै पनि सुविधाहरुमा सम्झौता नगरी किफायतीपन कायम गरिएको एमएडब्लुको भनाइ छ। यो मोटरसाइकल कालो र निलो रङमा उपलब्ध छ।

यो मोटरसाइकल आकर्षक स्पोर्टी डिजाइनमा रहेको छ। यसमा १४९ सीसी एयर(कूल्ड फोर(स्ट्रोक सिंगल(सिलिन्डर ब्लूकोर इन्जिन छ भने यसले मध्यम रेन्जको पावर दिने कम्पनीले जनाएको छ। यसको इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली र प्रभावकारी रहेको कम्पनीको दाबी छ। यसले औसत ४५ देखि ५० किमी प्रति लिटरको माइलेज प्रदान गर्ने पनि जनाइएको छ।

मोटरसाइकलमा ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पिडोमिटर र इको ल्याम्पसहितको सूचनात्मक डिजिटल मिटर जडान गरिएको छ। मोटरसाइकलको अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७(स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन छन्, जसले यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ। सुरक्षाका लागि डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको जनाइएको छ।

‘स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकल किफायती मूल्यमा ग्राहकसामु ल्याउने यामाहाको प्रतिबद्धतास्वरुप एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड आएको हो,’ एमएडब्लू टू ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT