Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार ३५ अङ्कभन्दा धेरैले घट्यो

शेयर बजार ३५ अङ्कभन्दा धेरैले घट्यो


काठमाडौँ। साताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ। आज नेप्से ३५ दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव २४ विन्दुमा झरेको छ।

आज सबै समूहको शेयर मूल्य घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बीमा समूहको शेयर मूल्य दुई प्रतिशतभन्दा धेरैले घटेको छ।

आज दुई सय ८९ वटा कम्पनीको ५८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ८० करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो।

आज हिमालय लघुवित्त वित्तीय संस्था र गरिमा डिभेन्चरको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। समग्रमा बजार घटे पनि बाराही हाइड्रो र सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम टु को शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको सीमा बढाएपछिको पहिलो कारोबार दिन आज बजार बढ्ने धेरैको अनुमानका बीच शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

७ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

काठमाडौँ। हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा संचित मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ। आज सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार नेपाली बजारमा सुनको

शेयर बजार ७ अङ्कले घट्यो

काठमाडौँ। आज आइतबार शेयर बजार ७ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले

सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौँ। आज आइतबार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ

Techie IT