Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थअर्थतन्त्रलाई सुधार्न बोल्ड डिसिजन नै लिनुपर्ने बेला आएको छः प्रधानमन्त्री

अर्थतन्त्रलाई सुधार्न बोल्ड डिसिजन नै लिनुपर्ने बेला आएको छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको लागि बोल्न डिसिजन लिन आवश्यक भएको बताएका छन्। नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस ‘सुधारका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

उनले उद्योग बाणिज्य महासंघ लगायतका अन्य उद्योगी ब्यवसायी देखि सबैका प्रतिनिधिमुलक धारणा सुनेपछि प्रधानमन्त्रीले अर्थतन्त्र गम्भीरअवस्थामै रहेको स्वीकारेका हुन्। उनले यसलाई सुधार्न बोल्ड डिसिजन नै लिनुपर्ने बेला आएको पनि बताए।

‘अर्थतन्त्र पक्कै पनि गम्भीर अवस्थामा छ। अलिकति बोल्ड डिसिजन लिनेतिर अगाडि नबढ्ने हो भने हामी झन् अप्ठ्यारो परिस्थितितिर जान सक्ने खतरा छ। यसका आन्तरिक आयाम छन्। यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम पनि छन्,’ प्रधानमन्त्रीले भने, ‘निर्णायक चाहिँ हामी आफैँ हो। नेपाललाई कता र कसरी लैजाने भन्ने कुरामा नेपालको राजनीतिक दलहरूले, अर्थशास्त्री र व्यवसायीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। आजको दुनियाँमा बाह्य कारण पक्कै हुन्छ। निर्णायक हामी आफैँ हो।’

उनले नेपालको हालत पनि श्रीलंकाजस्तो हुन्छ भन्ने भ्रम पनि यही बेला फैलाइएको बताए। तर उनले श्रीलंकाको जस्तो अवस्थामा भने नेपालको आर्थिक अवस्था नरहेको र त्यस्तो हुने सम्भावना समेत नरहेको प्रष्ट पारे। उनले आर्थिक क्षेत्र सुधारका लागि सबैको सामुहिक सहकार्य आवश्यक रहेको औल्याए।

‘टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैन। रेडिकल र बोल्ड निर्णय गर्नुपर्नेछ। वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न सरकारले केही न केही सुधार भएको छ। तर, मूल सुधार बाँकी छ,’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले, अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सहमत भएको बताए। समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुनेगरी यस्तो संयन्त्रको खाँचो रहेको उनको भनाई छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

Techie IT