गृहपृष्ठ ∕
अर्थ ∕
ग्लोबल आईएमई बैंकको दशैं लक्षित अफर सार्वजनिक ग्लोबल आईएमई बैंकको दशैं लक्षित अफर सार्वजनिक
काठमाडौँ। ग्लोबल आईएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले आफैलाई आवश्यक सामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको नगद फिर्ता हुनेछ।
यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले योजना अवधिभर कम्तीमा १ हजार रुपैयाँको ३ वटा कारोबार गरेमा ३ सय रुपैयाँ तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५ सय रुपैयाँको नगद फिर्ताबाट लाभान्वित हुनेछन्। यो योजना २८ असोजदेखि ७ कात्तिकसम्म लागू हुनेछ।
साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफूलाई आवश्यक समानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्मको नगद छुट पाउनेछन् यो योजना २८ असोजदेखि ७ कात्तिकसम्म लागु हुनेछ
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार
म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा
काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा
काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न
काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार
काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर