Techie IT
२०८० मंसीर २२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘सबैले नकारात्मक कुरा गरेर लगानीकर्ता निरुत्साहित र उपभोक्तामा द्विविधा सिर्जना हुन दिनु हुँदैन’

‘सबैले नकारात्मक कुरा गरेर लगानीकर्ता निरुत्साहित र उपभोक्तामा द्विविधा सिर्जना हुन दिनु हुँदैन’


काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिकोत्सव समारोहमा उनले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याए ।

“देशको अर्थतन्त्र विस्तारै सकारात्मकतर्फ उन्मुख छ, अब आमजनमानसमा आत्मविश्वास र सकारात्मक सोचको खाँचो छ”, अर्थमन्त्री डा महतले भने, “सबैले नकारात्मक कुरा गरेर लगानीकर्ता निरुत्साहित र उपभोक्तामा द्विविधा सिर्जना हुन दिनु हुँदैन, त्यसैले अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको अवस्थामा आत्मविश्वास बढाउनुपर्ने अपरिहार्यता छ ।”

उनले विभिन्न चुनौतीबीच लयमा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर दिगो हिसाबले आर्थिक वृद्धि गर्दै त्यसलाई आमनागरिकको पहुँचमा पुर्याइनुपर्ने खाँचो औँल्याए । उनले भने, “विश्वव्यापीरुपमा सिर्जित विभिन्न सङ्कट र मन्दीले समग्र अर्थतन्त्रमा नकारात्मक असर परेकाले अर्थतन्त्रमा देखिएको चुनौतीको समाधान गर्न समय लाग्छ । नेपालका सन्दर्भमा बाह्य सूचाङ्क राम्रो छ, राजस्व पनि अघिल्लो वर्षको तुलनामा बढेको, घरजग्गा कारोबार पनि बढेको र विप्रेषण पनि बढिरेहको तथा विदेशी पर्यटक आगमन पनि ऐतिहासिकरुपले बढेकाले यसबाट आर्थिक गतिविधि चलायमान गर्न मद्दत गर्ने विश्वास छ ।”

अर्थमन्त्री डा।महतले विश्व बैंक, एशियाली बैंकलगायत दातृ निकायलाई नेपालको आर्थिक विकासमा सहभागी हुन पहलकदमी गरिएको र आगामी दिनमा थप लगानी भित्रिनेमा विश्वास व्यक्त गरे । उनले सहज ढङ्गबाट लगानी प्रवद्र्धन गरी अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको नीति रहेको स्पष्ट पारे । नेपालमा छिट्टै लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउने र स्वदेशी लगानीलाई पनि प्रोत्साहन गर्ने सरकारको योजना रहेको जानकारी दिए ।

अर्थतन्त्रका सबै सूचक सकारात्मकः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको बताए । उनले विदेशी मुद्रा सञ्चिति राम्रो रहेको तथा अर्थतन्त्रका अन्य क्षेत्रहरुमा सकारात्मक रहेकाले अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

गभर्नर अधिकारीले सरकार र निजी क्षेत्रको साझेदारीतामा ठूला परियोजना अघि बढाउन जरुरी भएको उल्लेख गरे । उनले भने, “फलाम खानी उत्खनन्, ठूला सडक निर्माणलगायत उद्योग परियोजना अघि बढाउन जरुरी छ, जसले रोजगारी सिर्जना हुने, पैसा परिचालन हुने र समग्र अर्थतन्त्रलाई नै चलाउमान बनाउन मद्दत पुग्छ ।”

उनले राजस्व पनि सुधारको दिशामा रहेको, आन्तरिक ऋण उठिरहेको, बैंक तथा वित्तीय संस्थामा निक्षेत्र पर्याप्तमात्रामा रहेको तथा पर्यटक पनि उल्लेख्य सङ्ख्यामा वृद्धि भएकाले आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अर्थतन्त्रलाई थप चलायमान बनाइनुपर्छः निजी क्षेत्र

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सकारात्मक दिशामा रहेको मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकार र निजी क्षेत्रले समन्वय र सहकार्य फराकिलो बनाउन जरुरी भएको उल्लेख गरे । उनले भने, “अर्थतन्त्र सहज अवस्थामा छ, यसको प्रभावकारी सुधारका लागि नयाँ सोचका साथ अघि बढ्न जरुरी छ । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको, विदेशी पर्यटक बढेको अवस्थाले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्नेछ ।”

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्रललाई सुधारको दिशामा अघि बढाउन नीतिगत र संरचनागत सुधार अपरिहार्य भएको उल्लेख गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई पूर्ण चलायमान बनाउन सबै सरोकारवालाबीच बहज र पैरबी आवश्यक भएको बताए । नाफिजका अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारिता र अर्थतन्त्रको श्रीवृद्धिमा संस्थाले भूमिका खेल्दै आएको उल्लेख गरे । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ। आज बिहीबार शेयर बजार बढेको छ। बुधवार ३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले

अर्थतन्त्र सुधारका लागि नयाँ घोषणाको तयारी भइरहेको छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको बताएका छन्। बिहीबार काठमाडौँ रेस्पोन्सिबल बिजनेस समिट

निर्वाण चौधरीको आरोपः एनसेल काण्डमा मुछिएकाहरूले नै सीजी टेलिकमलाई रोकिरहेका…

काठमाडौँ। चौधरी ग्रुपका उपाध्यक्ष निर्वाण चौधरीले एनसेल प्रकरणले टेलिकम क्षेत्रका माफिया र संगठनलाई नेपाली जनताले चिन्ने मौका पाएको आरोप लगाएका

सिप्रदीको वितरक भेला सम्पन्न

काठमाडौँ। सिप्रदी अटोपार्टस प्रा.लि.ले धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस वितरकहरुको भेला आयोजना गरेको छ। यसको प्रमुख उद्धेश्य टाटाका

ईसेवा मनी ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ। ईसेवा मनी ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सझौता भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स

सुनको मूल्य बढ्यो

काठमाडौँ। बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ।

Techie IT