गृहपृष्ठ ∕
अर्थ ∕
जलविद्युत् क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह जलविद्युत् क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियाली देशका बैंकका सीईओहरूलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एन्ड कन्फरेन्समा उनले यस्तो बताएका हुन्।
नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको उनले सुनाए।
उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने बताए। भारतले यसअघि नेपालबाट १० वर्षमा १० हजार मेगावाट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे।
जलविद्युत् क्षेत्रमा लगानी गर्नेको सुरक्षामा सरकार प्रतिबद्ध रहेको उनले बताए। उनले विश्व बैंक र एडीबीले पनि नेपालका ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी गराए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ। शेयर बजार आज सोमवार पनि घटेको छ। हिजो आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र
काठमाडौँ। हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा संचित मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
काठमाडौँ। आज सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार नेपाली बजारमा सुनको
काठमाडौँ। आज आइतबार शेयर बजार ७ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले
काठमाडौँ। आज आइतबार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको