Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थगण्डकीमा सुन्तला खेती विस्तार

गण्डकीमा सुन्तला खेती विस्तार


गण्डकी । दुई वर्षअघिसम्म गण्डकी प्रदेशमा सात हजार नौ सय ४५ हेक्टरमा सुन्तला खेती भएको थियो । गत वर्ष थप तीन सय ९७ हेक्टरमा सुन्तला खेती विस्तार भएर आठ हजार तीन सय ४२ हेक्टर पुग्यो । प्रारम्भिक आँकडाअनुसार यस वर्ष झन्डै पाँच सय हेक्टरमा सुन्तला खेती विस्तार भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले फल दिने सुन्तलाका बोट पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको जानकारी दिए । “सुन्तला खेतीको क्षेत्रफल बर्सेनि विस्तार भइरहेको छ । उत्पादन भने घटबढ भइरहन्छ”, उनले भने, “गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।” गत वर्ष अघिल्लो वर्षको तुलनामा दश प्रतिशतले सुन्तलाको उत्पादन बढेको थियो । यस वर्ष असिना, रोग किरालगायतका कारणले सुन्तला कम फलेको रेग्मीले बताए । उनका अनुसार गत वर्ष गण्डकी प्रदेशमा ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको थियो ।

किसानले पाउने प्रतिकिलो ५० औसत मूल्यका आधारमा गत वर्ष दुई अर्ब ७९ करोड ६७ लाख ५० हजार बराबरको सुन्तला उत्पादन भएको निर्देशनालयले जनाएको छ । यस वर्ष उत्पादन घटेपछि किसानको आम्दानी पनि गुम्ने भएको छ । मुस्ताङ र मनाङबाहेक प्रदेशका सबै जिल्लामा सुन्तला खेती हुँदै आएको छ ।

गत वर्षसम्ममा स्याङ्जामा दुई हजार ६७, तनहुँमा १७ सय १२, गोरखामा एक हजार ८२, कास्कीमा आठ सय ९४, पर्वतमा आठ सय ७२, म्याग्दीमा सात सय ८०, बागलुङमा छ सय २२, लमजुङमा एक सय ७२ र नवलपुरमा एक सय ४२ हेक्टरमा सुन्तला खेती भएको थियो । जिल्लागत रुपमा यस वर्ष सुन्तला खेती विस्तारको आँकडा प्राप्त भइनसकेको निर्देशनालयले जनाएको छ ।

सुन्तला खेती विस्तार र व्यावसायिकीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालित छन् । बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर सुन्तला ‘जोन’ बनाइएको निर्देशनालयले जनाएको छ । कार्यक्रम सुरु हुँदा उक्त क्षेत्रमा पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती रहेकामा अहिले क्षेत्र विस्तार भएर एक हजारभन्दा बढी हेक्टर पुगेको जनाइएको छ ।

‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायत गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम सञ्चालित छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको निर्देशनालयका प्रमुख रेग्मीले जानकारी दिए ।

स्याङ्जाका करेनडाँडा, जैसीडाँडा, राङ्खोला, अर्जुनचौपारी, तनहुँको म्याग्दे गाउँपालिका, गोरखाको सहिद लखन गाउँपालिकामा सुन्तला खेती बढी हुन्छ । यहाँ उत्पादित सुन्तला पोखरालगायत प्रदेशभित्रैका सहरी क्षेत्रमा बढी खपत हुने गरेको छ । व्यापारीले नारायणगढ, काठमाडौँलगायत ठाउँमा पनि बिक्रीका लागि पुर्याउँछन् । यस वर्ष सुन्तला याम सुरु भएसँगै बजारमा किनबेच हुन थालेको छ ।

सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ बढाउँदै लैजान्छन् । सुन्तला खेती विस्तारसँगै किसानलाई भने बजारको चिन्ता थपिने गरेको निर्देशनालयका प्रमुख रेग्मीले बताए । उनले सुन्तलामा आधारित उद्योग खोल्नुपर्ने बताए । उनका अनुसार रोगकिराको सङ्क्रमण, कलमी बिरुवाको अभाव, बगैँचा व्यवस्थापन, सुन्तला टिप्नेदेखि, सुरक्षित भण्डारण र ढुवानी, बजारको अभावलगायत कारणले सुन्तला खेतीमा चुनौती थपिएका हुन् ।

बोट सुकेर मर्ने रोग, औँसे किरा लगायतले पनि सुन्तला खेतीमा क्षति पुर्याउँदै आएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार निर्देशनालय, जिल्लास्थित कृषि ज्ञान केन्द्र लगायतले सुन्तला खेती प्रवद्र्धनमा अनुदान, सीप र प्रविधि सहयोग गर्दै आएका छन् ।

उत्पादन जति बढ्दा पनि बजारको अभाव नहुने र श्रमको उचित मूल्य पाउने सुनिश्चिता गर्न सके सुन्तला खेतीमा किसानको आकर्षण अझै बढ्ने बागलुङ नगरपालिका(८ सिगानाका अगुवा किसान टोपबहादुर खड्काले बताए । “सिँचाइ, मल्खाद व्यवस्थापन, औषधोपचारमा किसानलाई बढी भार पर्छ, यस्तोमा राज्यले साथ दिनुपर्छ”, उनले भने, “नगद आम्दानी हुने भएकाले सुन्तला खेतीमा आकर्षण बढ्दो छ ।” रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

Techie IT