Techie IT
२०८२ वैशाख २६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुनको मूल्य एक लाख पच्चिस हजार पुग्ने अनुमान

सुनको मूल्य एक लाख पच्चिस हजार पुग्ने अनुमान


काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपियाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपियाँ रहेको सुनको मूल्य बुधबार तोलामा एक हजार छ सय रुपियाँले बढेर एक लाख १९ हजार तीन रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख १६ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँमा कारोबार भएको थियो । मङ्सिर महिना सुरु भएदेखि बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।

सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस दुई हजार एक सय डलर पुग्ने अनुमान गरेकाले त्यतिबेला सुनको मूल्य प्रतितोला एक लाख २२ हजारदेखि एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । ठुल्ठुला देशले सुनको रिजर्भ बढाउनुका साथै लगानीकर्ता सुनमा आकर्षित हुँदा पछिल्लो समय मूल्य एक्कासि वृद्धि हुँदै गएको व्यवसायीको भनाइ छ । लगनको सिजनमा सुनको मूल्य एक्कासि बढ्दा बजारमा कारोबार भने उत्साहपूर्वक बढ्न सकेको छैन । लगनको समयमा अघिल्लो वर्ष ३० देखि ३५ किलो सुनको कारोबार हुने गरेकामा अहिले दैनिक २० किलो मात्र सुन बिक्री हुने व्यवसायीको भनाइ छ । अन्य समयको तुलनामा लगनको सिजनमा सुनको माग बढी भए पनि यसपालि मूल्य बढेकाले माग बढ्न नसकेको व्यवसायीको भनाइ छ । महासङ्घका अनुसार पछिल्लो चार दिनमा सुन तोलामा दुई हजार चार सय रुपियाँ मूल्य बढेको छ । एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा २१ हजार नौ सय रुपियाँले बढेको छ । पछिल्लो एक सातादेखि लगातार सुनको मूल्य बढ्दै गएपछि पुराना गहना बिक्री गर्ने ग्राहक बढी आउने गरेको व्यवसायीको भनाइ छ । उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा घरव्यवहार चलाउन ग्राहकले पूरा गहना बिक्री गर्ने गर्छन् ।

यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेर तोलाको एक हजार ५२० रुपियाँ पुगेको छ । सोमबार र मङ्गलबार प्रतितोला एक हजार पाँच सय रुपियाँमा स्थिर थियो । बुधबारको मूल्य गत आइतबारको तुलनामा ३५ रुपियाँको बढोत्तरी हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार चाँदी प्रतिऔँस २४।९८ डलर भएको छ । मङ्गलबार २४।५९ र सोमबार २४।६८ डलर थियो । गोरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

Techie IT