Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थगरिमा विकास बैंकको वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक

गरिमा विकास बैंकको वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक


काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक गरेको छ।

आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धि विभिन्न घटनाक्रमहरु बढ्दै गईरहेको हुनाले सबैमा सचेत गराउदै बैंकले उक्त भिडियो सार्वजनिक गरेको हो।

यस्ता ठगहरुले सामाजिक संजाल एवं अनलाईन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको बैंकले जनाएको छ।

मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरु फस्ने गर्दछन्। यसलाई मध्यनजर गर्दै बैंकले आफ्नो आधिकारीक युटुब एवं अन्य सामाजिक संजालमार्फत डिजिटल ठगी सम्बन्धि जनचेतनामुलक भिडियो सार्वजनिक गरेको हो।

करिब २ मिनेट लामो उक्त भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाईएको छ। बैंकले उक्त भिडियोको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केहि हदसम्म आम वित्तीय सेवा उपभोत्ता समुदायहरु थप सचेत हुने विश्वास बैंकले राखेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट

जंगलमा फलेको काफल पाल्पाका स्थानीयको आम्दानीको श्रोत

पाल्पा । पाल्पामा जंगलमा फलेको काफल स्थानीयको आम्दानीको श्रोत बन्न थालेको छ । पहाडी भूगोलको पाखा पखेरा र बारीका कान्लामा

Techie IT