Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थप्राधिकरणलाई एनसेलको जवाफः सेयर खरिद/बिक्रीको लागि सहमति लिन्छौं

प्राधिकरणलाई एनसेलको जवाफः सेयर खरिद/बिक्रीको लागि सहमति लिन्छौं


काठमाडौँ। एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ लेखेको छ। पूर्वस्वीकृति नलिई आजियाटाले एनसेलको सेयर बिक्री गरेपछि प्राधिकरणले यसबारे सोधेको प्रश्नमा एनसेलले जवाफी पत्र पठाएको हो।

प्राधिकरणले मंसिर १५ मा लेखेको पत्रको एनसेलले प्रतिवद्धतासहितको जवाफ मंगलबार पठाएको हो। शेयर खरिदबिक्रीबारे एनसेलले गराएको जानकारी पत्रमा २ बुँदा उल्लेख छ।

बेलायतको कम्पनीसँग भएगरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलन गर्ने काम भइरहेको एनसेलले बताएको छ। पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने उल्लेख छ। प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी

नेप्से २८.६८ अंकले घट्यो

काठमाडौँ । आज बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २८.६८ अंकले घटेको छ । नेप्से २८.६८ अंकले घटेर १९७२.०९ को

शिखर इन्स्योरेन्सको साधारणसभा चैत ९ गते

काठमाडौँ । शिखर इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले चैत ९ गतेका लागि साधारणसभा बोलाएको हो । यसपटक

ग्लोबल आईएमई बैंकद्वारा साथै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, ४…

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले देशभरिका ३५ शाखाबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व

सुनको भाउ बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

भरतपुर महानगरद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण

Techie IT