Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थनिर्वाण चौधरीको आरोपः एनसेल काण्डमा मुछिएकाहरूले नै सीजी टेलिकमलाई रोकिरहेका छन्

निर्वाण चौधरीको आरोपः एनसेल काण्डमा मुछिएकाहरूले नै सीजी टेलिकमलाई रोकिरहेका छन्


काठमाडौँ। चौधरी ग्रुपका उपाध्यक्ष निर्वाण चौधरीले एनसेल प्रकरणले टेलिकम क्षेत्रका माफिया र संगठनलाई नेपाली जनताले चिन्ने मौका पाएको आरोप लगाएका छन्।

नेपाली उपभोक्तालाई सस्तोमा सेवा दिने वाचा गर्दा पनि नेपाली कम्पनीलाई अनुमति दिन रोक्नेहरूले नै अहिले एनसेल काण्ड चलाइरहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले नेपालको टेलिकम क्षेत्रमा माफियाहरूलाई जनताले राम्रैसँग चिन्न पाएको उल्लेख गरेका छन्।

सीजी टेलिकमविरुद्धको षड्यन्त्रबारे लामो समयपछि मुख खोल्दै चौधरीले नेपालमा १० वर्षदेखि नेपाली लगानीका टेलिकमलाई स्थापित हुनबाट रोक्ने गिरोह नै एनसेल काण्डमा संलग्न रहेको दाबी गरेका छन्।

सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क दिएर डाटामा ५० प्रतिशत सस्तो उपलब्ध गराउने वाचा गर्न पनि नेपाली कम्पनीलाई स्वीकृति नदिइएको बताएका छन्।

‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन्। सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ। हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो। एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन्। आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्,’ चौधरीको सामाजिक संजालमा उल्लेख छ।

अहिले एनसेल काण्डमा रहेकाहरू नै सीजीलाई रोक्न विगत दश वर्षदेखि लागिपरेको उनले बताएका छन्। सीजी टेलिकमले लाइसेन्स लिनका लागि वर्षौंदेखि प्रयास गर्दापनि सफल भएको छैन।

ग्रामीण दूरसञ्चारको लाइसेन्स भएको सीजीले अनुमति पाएको छैन। विधि र प्रक्रिया नमिलेको भन्दै सरकारले सीजीलाई लाइसेन्स दिएको छैन।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT