Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थद ब्रिटिस कलेज ब्रिटिस एक्रिडेसन काउन्सिलबाट सम्मानित

द ब्रिटिस कलेज ब्रिटिस एक्रिडेसन काउन्सिलबाट सम्मानित


काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) इन्स्टिच्युसनल अवार्डबाट पुनः सम्मानित भएको छ । ब्रिटिस एजुकेसन ग्रुपद्वारा सञ्चालित ब्रिटिस कलेजलाई बीएसीले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रुपमा सन् २०२५ सम्मको लागि उक्त मान्यता प्रदान गरेको हो ।

बेलायतका साझेदार विश्वविद्यालयहरु, वेस्टमिन्सटर् युनिभर्सिटी, युनिभर्सिटी अफ वेस्ट अफ इङ्‍गल्याण्ड, किल् युनिभर्सिटी र लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा नेपालमा उच्च शिक्षा प्रदान गरिरहेको ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजले यसअघि नै सो सम्मान प्राप्त गरेको भए पनि थप शैक्षिक तथा भौतिक स्तरोन्नति गरेकोले सो अवार्ड सन् २०२५ सम्मलाई प्राप्त गरेको हो ।

ब्रिटिस एक्रिडेसन काउन्सिल एक स्वतन्त्र, मान्यता प्रदान गर्ने निकाय हो, जुन शैक्षिक संस्थाहरूको मूल्यांकनका लागि विश्वव्यापी रूपमा प्रख्यात छ । बीएसीद्वारा मान्यता प्राप्त हुनको लागि शिक्षाको गुणस्तर उच्च राख्ने, विद्यार्थी, अभिभावक तथा सरोकारवाला निकायहरुको अपेक्षालाई पूरा गर्न सक्ने हुनुपर्छ ।

बीएसीले मान्यता प्रदान गर्ने क्रममा कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयहरुको जाँच गरेको थियो। कलेजले विद्यार्थी तथा कर्मचारीहरुलाई दिएको सुविधा, विभिन्न विभागहरु, भवनको संरचना, पाठ्यक्रम, अनलाइन सेवा सुविधाहरु, विद्यार्थी भर्ना प्रक्रिया, विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसरहरु जस्ता मापदण्डहरुलाई पूर्ण रुपले पालना गर्दै नेपालमा नै विश्वस्तरिय शैक्षिक अनुभव प्रदान गरेकोले ब्रिटिस कलेजले सो मान्यता प्राप्त गरेको हो।

यसले टीबीसीको बाह्य साझेदार संस्थाहरु, सल्लाहकार समिति, बलियो नेतृत्व, पठन–पाठनका स्रोत तथा सामग्रीहरू, विद्यार्थीहरुलाई उपलब्ध स्रोत साधनसँगै मार्गदर्शनमा निरन्तर वृद्धि र सुधार थप प्रमाणको रुपमा देखिएको छ ।

कलेजले प्राप्त गरेको अवार्ड सम्बन्धमा प्रतिक्रिया दिँदै डेप्युटि प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडेनले भने, ‘यस मान्यताले विद्यार्थीहरुलाई विश्वव्यापी रूपमा सफलताको लागि तयार गर्ने सिकाइ वातावरण प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई उजागर गरेको छ। यो मान्यता प्राप्त गर्ने नेपालको पहिलो कलेज हामी भएकोले यसमा हामी गर्व गर्छौं । साथै, हामी नेपालमा शिक्षाको उन्नतिमा योगदान पुर्याउन धेरै अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू लागु गर्न चाहन्छौं।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट

Techie IT