Techie IT
२०८२ साउन १८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थपृथ्वी यातायात अब पूर्ण रुपमा अटोमेशनमा

पृथ्वी यातायात अब पूर्ण रुपमा अटोमेशनमा


काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. पूर्ण रूपमा अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो ।

अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखनलगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।

अटोमेशनमा गएको विषयमा पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लिका अध्यक्ष योगेन्द्रबहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वी यातायातका एसी, डिलक्स्, हायसलगायका सबै किसिमका गाडीको टिकट अनलाईनमार्फत काट्न सकिने बताए ।

यात्रुहरूले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी (prithivibus.com.np), पृथ्वी यातायातको मोबाइल एप्लिकेशन तथा बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेशनमार्फत सहजै टिकट काट्न सकिने बताइएको छ ।

‘अहिले नेपालका धेरै क्षेत्रमा प्रविधिको प्रयोग भएको छ र सहजता पनि ल्याएको छ । हामी पनि समय र आम यात्रुको मागअनुसार प्रविधिको प्रयोग गरेर सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यले प्रविधिको आत्मसाथ गरेका छौँ । हामीलाई विश्वास छ, यसले हाम्रो सेवालाई थप प्रभावकारी र विश्वसनिय बनाउनेछ’ अध्यक्ष केसीले भने ‘राज्य सरकारले पनि प्रविधिको प्रयोगका लागि आवश्यक नीति नियम बनाइ प्रोत्साहन गर्न आग्रह गर्दछौँ ।’

‘यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित् बनाउँदै यात्रुहरूलाई सुविधा दिनुपर्छ भन्ने हाम्रा जुन संकल्प थियो र छ, आज आएर देशकै अग्रणी कंपनी पृथ्वीसँग जोडिन पाउँदा हामी अत्यन्तै खुशी भएका छौँ । हामीलाई विश्वास छ पृथ्वीसँगको यो सहकार्यले आम यात्रुले थप नयाँ अनुभवका साथ यात्रा गर्न पाउनुहुनेछ र उहाँहरूलाई सहजता हुनेछ’ बससेवा डटकमका प्रमुख कार्यकारी पिआर खनालले भने ।

बिगत ५० वर्षभन्दा धेरै समय सेवा दिँदै आएको पृथ्वी यातायातले नेपालका प्रमुख सहर काठमाडौँ, बुटवल, हेटौंडादेखि पूर्वका काकडभित्तादेखि सुदूरपश्चिमका धनगढी गरि ३० भन्दा बढि सहरमा सेवा दिँदै आएको छ । कम्पनीले ४ सय १० वटाभन्दा धेरै रुटबाट करिब १३५० बसमार्फत सेवा दिँदै आएको छ ।

पृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

काठमाडाैँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

नगरप्रमुख भट्टराईले माइतीघरमा शुरु गरे सत्याग्रह

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंको माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् । सिंहदरबारको

Techie IT