Techie IT
२०८१ जेठ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थहेटौँडा सिमेन्टको उत्पादन माघ तेस्रो सातादेखि सुरु हुने

हेटौँडा सिमेन्टको उत्पादन माघ तेस्रो सातादेखि सुरु हुने


मकवानपुर । कोइला व्यवस्थापन हुन सक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ ।

आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ ।

उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बिहीबार कुरा गर्दै उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिए । यथाशीघ्र उद्योगलाई आवश्यक पर्ने कोइला आपूर्ति गर्नका लागि अनुदान उपलब्ध गराउन अनुरोध गरिएको जनाउँदै उनले माघ तेस्रो सातासम्ममा कोइला खरिद प्रक्रिया सुरु गरी सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए ।

उद्योगले सिमेन्ट उत्पादन गर्न आर्थिक सङ्कटका कारण कठिनाइ व्यहोर्नुपरिरहेको छ । उक्त उद्योग व्यवस्थापनले अहिले पर्याप्त आर्थिक स्रोत जुटाउने प्रयास गर्दागर्दै पनि तत्काल स्रोत जुटाउन नसक्दा बोलपत्र आह्वानमार्फत कोइला खरिद गरी ल्याउने कार्यमा अहिले अवरोध उत्पन्न भएको जनाएको छ ।

सो उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले एक महिनासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उनका अनुसार अहिले उद्योगको भण्डारणमा करिब छ सय मेट्रिक टन मात्रै कोइला रहेको छ । उद्योगबाट उत्पादित मौज्दात सिमेन्ट दुई लाख २५ हजार बोरा तत्काल विभिन्न सहरमा बिक्री हुन नसकेकाले आर्थिक सङ्कट आइपरेको कर्णले बताए ।

सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेशप्रसाद रिजालले केही दिनअघि उद्योगको आकस्मिक अनुगमन गर्नुभई के–कति कारणले आर्थिक सङ्कट आइपरेको अवलोकन गरेका थिए । उनले जीर्ण भएका उपकरणलाई तत्कालै मर्मतसम्भार गरी सञ्चालन गर्ने विषयमा पनि जानकारी लिएका थिए ।

त्यस अवसरमा मन्त्री रिजालले उद्योगलाई यथाशीघ्र सञ्चालनमा ल्याउन प्रधानमन्त्री र आफ्नो मन्त्रालयले सक्दो अनुदानको व्यवस्था गराउनेतर्फ पनि विचारविमर्श भइरहेको जानकारी दिएको नायब महाप्रबन्धक कर्णले बताए ।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने दैनिक १६ हजार बोरा लक्ष्य रहेको भए पनि अहिले विभिन्न उपकरण जीर्ण भइसकेकाले दैनिक १० हजार बोरा मात्रै उत्पादन गर्ने गरिएको जानकारी दिए ।

विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योग स्थापना गरिएकामा विसं २०४३ मङ्सिर २६ देखि व्यावसायिकरूपमा उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा बिक्री वितरण भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ । तत्कालीन श्री ५ को सरकारको रू एक अर्ब २६ करोड लगानीमा उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।

अहिले उद्योगमा प्रशासन, लेखा र मजदुर गरी एक सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । विभिन्न मेसिन तथा उपकरणलाई मर्मतसम्भार गरी नयाँ प्रकृतिबाट सञ्चालनमा ल्याएमात्रै हेटौँडा सिमेन्ट उद्योगलाई आर्थिक सङ्कटमुक्त बनाउन सकिने मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताए । उनले यो उद्योग नियमिन सञ्चालनमा आए देशको सिमेन्ट आपूर्तिमा ३० प्रतिशतले सहयोग पुग्ने जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

महिला सशक्तीकरणका लागि लक्ष्मी सन्‌राईज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सन्‌राईज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत

नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थप

काठमाडौँ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ । बुधबार बसेको

शेयर बजारमा झिनो अङ्कको वृद्धि

काठमाडौँ । आज बिहीबार शेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ७९

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज हालसम्मकै उच्च भएको

निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपुत नियुक्त

काठमाडौँ । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमा

Techie IT