Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थश्रमिक र उद्योगको समस्या बुझ्न सांसद भगबती चौधरी औद्योगिक क्षेत्रमा

श्रमिक र उद्योगको समस्या बुझ्न सांसद भगबती चौधरी औद्योगिक क्षेत्रमा


सुनसरी । सांसद भगबती चौधरीले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेको अरिहन्त जुट मिलमा कार्यरत श्रमिकहरुको समस्या बुझ्न गएकी छन् । गृह जिल्लामा रहेकी चौधरीले बुधबार श्रमिकका समस्या र मिल प्रशासनले दिइरहेको सुविधा बारे श्रमिक र मिल प्रशासनसँग छलफल गरेकी हुन् ।

मिल प्रशासन र त्यहाँ कार्यरत श्रमिकसँगको छुट्टाछुट्टै छलफलमा सांसद चौधरीले श्रमिक र मिल दुवैको पक्षमा हित हुने गरी अगाडी बढ्न सुझाइन् । श्रमिक विना कुनैपनि उद्योग व्यवसाय चल्न नसक्ने तथा उद्योग व्यवसाय विना मुलुकमा रोजगारी सृजना नहुने भएकोले दुवैपक्षको जीत हुनेगरी अगाडी बढ्नु पर्नेमा चौधरीको जोड छ ।

श्रमिकहरुको उचित पारिश्रमिक, सेवा सुविधाहरु समयमै प्रदान गर्न उद्योग प्रशासन जिम्मेवार हुनुपर्ने तथा उनीहरुलाई एकै परिवारको सदस्यको जस्तो व्यवहार गर्नुपर्नेमा चौधरीले मिल प्रशासन समक्ष कुरा राख्दै नेपालका उद्योग व्यवसाय फस्टाउनु पर्छ भन्ने मान्यता आफुले लिएको बताइन् । ‘उद्योग व्यवसाय फस्टाउनु पर्छ, विस्तार हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसो भन्दैमा जसको मेहनतले उद्योग चलिरहेको छ त्यो पक्ष श्रमिकलाई अनदेखा गरी उद्योग मात्र अगाडि बढ्नु हुँदैन । उसका हरेक समस्याहरुलाई उद्योगले संवोधन गर्नुपर्छ ।’ पूर्वमन्त्री समेत रहेकी चौधरीले भनिन् ।

उद्योगमा कार्यरत श्रमिकहरुसँग उनीहरुले पाइरहेका सेवा सुविधा तथा समस्याहरु उनीहरु काम गरिरहेकै स्थलमा पुगेर जानकारी लिँदै चौधरीले श्रमिकहरुका जायज मागमा आफु सदैव रहने बताइन् । सोक्रममा त्यहाँ कार्यरत श्रमिकहरुले उद्योग भित्रका समस्याहरु दर्शाउँदै स्थायी नियुक्ति, बीमा, पेन्सन लगायतका समस्याहरु समाधानमा सहजीकरण गरिदिन अनुरोध गरेका थिए ।

मिलका प्रमुख कार्यकारी अधिकृत गोबिन्द बजगाईंले नेपालमा कच्चापदार्थको अभाव रहेकोले बंगलादेशबाट कच्चा पदार्थको आयात गर्दा लागत बढी रहेको बताउँदै सरकारले स्देशमै पाटा खेती गर्न किसानलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने, कच्चा पदार्थ आयातमा देखिएका समस्याहरु हल गर्नुपर्ने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिने कार्यक्रम ल्याउनु पर्ने बताए ।

चौधरीले संसदमा उद्योगी, व्यवसायी र श्रमिकहरुमा आवाजलाई उठाउने बताउँदै मुलुक भित्रै रोजगारी सृजना गर्दै देशको अर्थतन्त्रमा नेपाली उद्योगहरुले ठूलो योगदान दिएकोमा प्रशंसा गरिन् ।

संसद नचलिरहेको अवस्थामा आफ्नो क्षेत्रका जनताका घरदैलोमा रहेकी चौधरीले यो समय स्थानीय क्षेत्रका विकास निर्माण, रणनैतिक योजनाहरुको अनुगमन, नियमन गर्नुका साथै जनताका समस्याहरु बारे जानकारी लिइरहेकी छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

Techie IT