Techie IT
२०८२ असार ६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थविदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा पुस मसान्तमा १८ दशमलव नौ प्रतिशतले वृद्धि भई रु १६ खर्ब २३ करोड पुगेको छ ।

राष्ट्र बैङ्कबाहेक बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा पुस मसान्तसम्म पुग्दा ११ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ । गत पुस मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव पाँच महिनाको वस्तु आयात र १२ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यो अवधिसम्ममा रहेको विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायसँगको अनुपात क्रमशः ३३ दशमलव आठ, सय दशमलव ९ र २७ दशमलव ७ प्रतिशत छन् ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा चालु खाता रु एक खर्ब ६१ अर्ब ६२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब ५७ करोडले घाटामा थियो । यो अवधिमा पुँजीगत ट्रान्सफरमा भने ३० प्रतिशतले कमी आई रु तीन अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु चार अर्ब ५३ करोडले धनात्मक रहेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा

भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट

Techie IT