Techie IT
२०८२ असार २८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थचीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीले गुनासो

चीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीले गुनासो


काठमाडौँ । चीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीले गुनासो गरेका छन् ।आफूहरु चीन जान नपाउने अवस्था कायमै रहेको र यसबाट नेपाली व्यवसायीको अर्बौँ रुपैयाँको सामान जोखिममा परेको उनीहरुको भनाइ छ ।

व्यवसायीहरुले नाकामा सहज नहुँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा बनेको गुनासो गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले केरुङ र तातोपानी नाकामा व्यवसायीलाई पनि अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको छ । अहिले सम्बन्धित जिल्लाका व्यवसायी मात्रै नाकापारि जान सक्ने अवस्था छ ।

महासङ्घका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई वटा नाका केरुङ र तातोपानी नाकामा जिल्लाका व्यवसायी मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीलाई अस्थायी पासको व्यवस्था मिलाउन आफूहरुको माग रहेको बताए । उनले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायी आफैँ जान नपाउँदा समस्यामा परेको बताए ।चीनबाट आयात हुने सामान नाकामा फुट्ने, लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायी नाका पारि जान नपाउने अवस्था विद्यमान रहेको उनको भनाइ छ ।

अध्यक्ष कार्कीले सामान ढुवानी गर्न, ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय साधन लैजानुपर्ने एकाधिकार हटाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण समेत गराएको बताए । महासङ्घले व्यवसायीलाई सहज रुपमा व्यापाररव्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो ।चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको महासङ्घले जनाएको छ ।

महासङ्घका उपाध्यक्ष लक्ष्मी खड्काले चीनबाट अर्बौँ रुपैयाँ लगानी गरेर आयात गरेको सामान ल्याउनको लागि आफैँ जान पाउनुपर्ने बताए ।नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि चीनसँग जोडिएको केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीले मात्रै नाकापारि जान पाउने व्यवस्थाले समस्यामा पारेको बताए। व्यवसायीले नाकामा भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT