Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थकृषि विकास बैंकले बोलायो वार्षिक साधारणसभा

कृषि विकास बैंकले बोलायो वार्षिक साधारणसभा


काठमाडौँ । कृषि विकास बैंकले आफ्नो सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार (फागुन ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम केन्द्रमा बिहान ११ बजेबाट हुनेछ।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानुनबमोजिम संशोधन गर्नुपर्ने भएमा वा नियमनकारी नियकाबाट संशोधन गर्न निर्देशन भएमा आवश्यकतानुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालन समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०७९–८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। यसका साथै बैंकका सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्याँस कम्पनीको उक्त आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि सभाले स्वीकृत गर्नेछ ।

चालु आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक र सेवासर्त तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। यसपालिको वार्षिक साधारणसभामा बैंकले लाभांशको प्रस्ताव भने लैजाने छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT