Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थफोने पेले ल्यायो ‘सक्षम नारी’ अभियान, हजार रुपैयाँदेखि हिराको सेट पाउन सकिने

फोने पेले ल्यायो ‘सक्षम नारी’ अभियान, हजार रुपैयाँदेखि हिराको सेट पाउन सकिने


काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क ‘फोने पे’ले महिला वित्तीय समावेशीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्न ‘सक्षम नारी’ अभियान ल्याएको छ ।

अभियानमार्फत ‘फोने पे’ले आर्थिक वृद्धि र समृद्धिमा नारीको निर्णायक भूमिकालाई डिजिटल भुक्तानीका माध्यमबाट सशक्त बनाउन खोजेको बताएको छ ।

फोन पेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको अभियान फागुन २८ गतेसम्म चल्ने कम्पनीले जनएको छ । अभियानमा नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ता सहभागी हुन सक्नेछन् ।

सहभागी हुन आफ्नो मोबाइल बैंकिङ एपमार्फत अभियान अवधिभर फोन पे क्यूआर, फोन पे डाइरेक्ट र फोन पे बिल प्रयोग गरी कम्तीमा तीन वटा कारोबार गर्नुपर्ने हुन्छ । अभियानको मापदण्ड पूरा गरेपछि नबिल बैंकका एक महिला प्रयोगकर्ताले बालाजी डायमन्डबाट उत्कृष्ट हिरा सेट पाउने फोन पेले जनाएको छ ।

यस्तै, सानिमा बैंक र नबिल बैंकका एक सय महिला प्रयोगकर्ताले एक हजार रुपैयाँको निश्चित टप–अप जित्नेछन् । फोनपेका प्रमुख रणनीतिक अधिकृत सुबोध शर्माले सक्षम नारी अन्य नियमित अभियान भन्दा फरक रहेको बताए । उनले यो अभियान महिलाहरूलाई प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल भएको बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT