Techie IT
२०८१ जेठ १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजारमा ९ अङ्ककाे वृद्धि

शेयर बजारमा ९ अङ्ककाे वृद्धि


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ ।

आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ ।

डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको आठ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आठ दशमलव ६७, गुर्खाज फाइनान्सको आठ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी नौ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रु ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता शेयर कारोबार भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १

बजेट निर्माणको काम अन्तिम चरणमा: अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा

साइकल र्‍यालीमा सहभागि हुन सांग्रिलाको आह्वान, रजिस्ट्रेसन खुला

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा आयोजना गर्न लागिएको साइकल र्‍यालीमा सहभागि हुन आह्वान गरेको छ

सुनचाँदीको मुल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर

सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार

नेपालको ऋण झन्डै २४ खर्ब पुग्यो

काठमाडाैँ । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म

Techie IT