Techie IT
२०८१ वैशाख १, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थअब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने

अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट हेर्न सकिने


काठमाडौँ । अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी साधन ट्रयाक गर्न भेहिकल ट्रयाकिङ सफ्टवेयर थप गरी कम्पनीले यो सेवा उपलब्ध गराउन थालेको हो ।

केही दिन अघिदेखि यो सेवा सञ्चालनमा आइसकेको छ । यो सँगै यसमा जोडिएका विद्यालय तथा अभिभावकले बसको अवस्थाबारे जानकारी लिन सक्ने भएका हुन् ।

डियरवाक स्कुल तथा क्याम्पसबाट यसको सुरुवात भएको कम्पनीले जनाएको छ । ‘हामीले पहिलो चरणमा डियरवाक स्कुल तथा क्याम्पसका बसबाट यो सेवाको सुरुवात गरेका छौं,’ हाम्रो पात्रो इंककी निर्देशक सुदिना गौतम भन्नुहुन्छ, ‘अबको केही दिनभित्रै थप १० स्कुल तथा कलेजलाई यो सिस्टममा जोडिने तयारी हुँदैछ ।’

यो सिस्टम मार्फत स्कुल कलेजका अभिभावकले बस कहाँ आइपुग्यो भन्ने कुरा हाम्रो पात्रोको एपमै हेर्न सक्नुहुनेछ । यसका लागि सुरुवातमा विद्यालय तथा कलेजहरू यो सिस्टममा जोडिनुपर्ने हुन्छ । त्यससँगै विद्यालयले अभिभावकलाई विद्यार्थी चढ्ने बस अनुसार बस ट्रयाक गर्न सकिने सुविधा उपलब्ध गराउँछ ।

यो सिस्टमको सहयोगमा विद्यालय तथा कलेजहरूले आफू मातहतका सम्पूर्ण बसहरू एकै पटक ट्रयाक गर्न सक्छन् ।

यसले अभिभावकलाई आफ्ना बालबालिका चढेको बस स्कुल पुग्यो कि पुगेन, कति बेला पुग्यो, घर फर्किने बेला बस कहाँ आइपुग्यो अथवा आफ्नो अफिसमै बसेर बालबालिका घर पुगे वा पुगेनन् भन्ने जानकारी लिने सुविधा दिन्छ । यसले विद्यालय तथा अभिभावक दुवै पक्षलाई सहजता प्रदान गर्ने विश्वास छ ।

कम्पनीका अनुसार हाम्रो पात्रो एपबाट नै प्रयोगकर्ताले जीपीएस ट्रयाकिङ सुविधा प्रयोग गर्न सक्छन् । कम्पनीले जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न लाग्ने शुल्कको विषयमा पनि कुनै जानकारी दिएको छैन । यद्यपि इच्छुक स्कुल तथा कलेज, सङ्घ संस्थाले यसका लागि हाम्रो पात्रोको कार्यालयमा सम्पर्क राख्न सक्ने गौतमको भनाई छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने, कर्जा लिँदा…

काठमाडौँ । नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोलेमा ब्याज दरमा थप

सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा शुक्रबार प्रधानमन्त्री

डिशहोमको ल्यायो ‘मिसन ८१’ योजना

काठमाडौँ । नयाँ वर्ष २०८१ को सुरुआतसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । यस योजनामा

अब ‘आइएमई पे’बाट बैंकमा पैसा ट्रान्सफर गर्दा शुल्क नलाग्ने

काठमाडौँ । ‘आइएमई पे’ले नयाँ वर्षको अवसरमा आफ्ना प्रयोगकर्ताहरूलाई बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क हुने लगायतआधा दर्जनभन्दा बढी नयाँ सुविधाहरू

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा

काठमाडौँ । ‘अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री

अष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल

सिड्नी । आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अष्ट्रेलियाका लगानी कर्तालाई भिक्टोरियाको महावाणिज्यदूतावासले आग्रह गरेको छ।

Techie IT