Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थअर्थ मन्त्रालयमा बजेट मस्यौदा लेखनको काम सुरु भएकोले अनावश्यक भेटघाटमा नआउन आग्रह

अर्थ मन्त्रालयमा बजेट मस्यौदा लेखनको काम सुरु भएकोले अनावश्यक भेटघाटमा नआउन आग्रह


काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । बजेट मस्यौदा लेखनको काम सुरु भएको हुँदा अत्यावश्यकबाहेक भेटघाटका लागि मन्त्रालय नआउन समेत आग्रह गरेको छ ।

कार्यालयमा मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको समयमा हेरफेर गरिएको मन्त्रालयले जनाएको हो ।

गत शुक्रबार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नु भएको थियो । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् ।

शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम शुरु गरिसकिएको छ । बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन मन्त्रालयका प्रवक्ता तथा सहसचिव उत्तरकुमार खत्रीले आग्रह गरे ।

प्रवक्ता खत्रीले भन्नुभयो– ‘बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ तर सबै भेटघाट बन्द गरिएको होइन । भेट्नैपर्ने सरोकारवालाहरुलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।’

लोकतन्त्रमा सबै सरकारी निकाय जनताका लागि खुला हुने बताउँदै प्रवक्ता खत्रीले कामको चाप र संवेदनशीलताका कारण बजेट निर्माण अवधिभर भेटघाटको स्वरुपमा गरिएको परिवर्तनबाट पर्न जाने असुविधाप्रति मन्त्रालय क्षमाप्रार्थी रहेको पनि बताए । विगतमा पनि बजेट निर्माणको समयमा यस्तो अभ्यास हुने गरेको खत्रीले स्पष्ट पारे ।

नेपालको संविधानले हरेक वर्षको जेठ १५ गते गणतन्त्र दिवसका दिन अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने व्यवस्था उल्लेख गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT