Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थफरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी


काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो ।

फरवार्डले मृतक मण्डलका श्रीमति चनाबती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई संयुक्त रुपमा १० लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो । उनीहरुलाई एक कार्यक्रम विच फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी, बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले मृत्यु दावी रकम हस्तान्तरण गरे ।

मण्डलले २०७९ मंसिरमा फरवार्ड माईक्रोफाइनान्सको शम्भुनाथ, सप्तरी केन्द्र नं. ४५७ बाट ८ लाख रुपैंया कर्जा लिएका थिए । उनले कर्जा बापतको चार लाख ४० हजार ७ सय ९७ रुपैंया भुक्तान गरेका थिए । फरवार्डले बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत १२५ प्रतिशत भुक्तानी दिएको हो ।

बीमा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले फरवार्डले विपन्न परिवारका महिलाहरुलाई बिना धित्तो सरल तरिकाले गाँउगाँउमा समुह बनाई लघुकर्जा प्रदान गर्दा गाँउघरमा समयमा पैसा नभएका बिपन्न समुदायका लागि वरदान सावित भएको बताइन् ।

घरको गर्जो टार्नका लागि र पैसा नभएर उपचार गर्न नपाएका, छोराछोरीलाई पढाउन पैसा नभएका, स–साना ब्यवसाय सञ्चालन गर्न चाहनेहरुको लागि फरवार्डको लघुवित्त कार्यक्रम महत्वपूर्ण रहेको भन्दै उनले भनिन्,‘कठिन परिस्थितीमा सस्तो ब्यजदरमा लगानी गर्ने भएकाले गाँउभरमा मिटर ब्याजीहरुको बिगबिगी कम भएको छ । धेरैको घर खेत लिलाम हुनबाट बचेको छ । स–साना ब्यावसाय थालेकाहरुले केही सम्पत्तिको जोरजाम गरेका छन् । यस कारण खराव कठिन समयमा साथ दिने संस्थाहरुको संरक्षण गर्ने हाम्रो दायित्व हो ।’ उपमेयर साहले भनिन् ।

हाल लघुवित्त संस्था बिरुद्ध स्वार्थ समुहले विभिन्न किसिमका अफवाहहरु फैलाउदै गरेको भन्दै उनले लघुवित्त संस्थाहरुले समुदायमा लगानी गरेको कर्जा कुनै पनी हालतमा मिनाहा नहुने भएकाले त्यस्ता भ्रममा नपर्न सबैमा अनुरोध पनि गरिन् । साथै, उनले किस्ता तिर्न गाह्रो भएका सदस्यहरुको अवस्थामा संस्थाहरुले समेत बिचार गर्न आवश्यक रहेको औल्याइन् ।

फरवार्ड माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम दयाल राजबंशीले वित्तीय संस्थाले गाँउगाँउमा गई बिपन्न समुदायमा वित्तीय सेवा दिईरहेको र ग्राहक सदस्य लक्षीत सरल तरिकाले कर्जा प्रवाह गर्ने गरिएको बताए । लघुवित्त संस्थाबाट समाजमा बित्तीय सेवा प्रवाह नहुने हो भने ग्रामीणस्तरबाट आर्थिक सुधारको कल्पना नै गर्न नसकिने बताए । ‘गाँउघरकै महिला दिदिबहिनीहरुको बचत रहेको र ती निक्षेपहरु फिर्ता नहुने हो भने अर्थतन्त्रमा ठुलो असर पुग्ने भएकाले कर्जा मिनाहाको माग आफैंमा गलत हो । कर्जा मिनाहा हुन्छ भन्ने भ्रममा नपरौं ।’ राजबंशीले बिपत र अपठ्यारोमा परेका असल ग्राहक सदस्यहरुलाई समस्या पर्दा संस्थाले उचित संरक्षण गर्ने भन्दै भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT