Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थसूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा

सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा


काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘डाइनामिक क्यूआर’ सिस्टम सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिन र प्रविधिमैत्री बनाउन यो सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, डाइनामिक पेमेन्ट क्यूआर सिस्टमको उपयोगले बिमितले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बिमालेख सुरक्षित र सहज तवरले भुक्तानी गर्न सक्नेछन् । उक्त भुक्तानीको सूचना र अरू विवरण मोबाइल एपमार्फत हेर्न मिल्ने कम्पनीले व्यवस्था गरेको छ ।

डाइनामिक पेमेन्ट क्यूआर सिस्टममा बैंकहरूको नियमानुसार अधिकतम तीन लाख रुपैयाँसम्मको भुक्तानी गर्न मिल्ने सुविधा छ । यस्तै, फोन पेको प्रयोग गरेर कुनै पनि बैंक, सहकारी वा कनेक्ट आईपीएस एपलगायत अरू डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीका अनुसार, डाइनामिक क्यूआर पेमेन्ट सिस्टमको मद्दतले सेवाग्राहीले घरमै बसी आफ्नो मोबाइल अथवा सूर्यज्योति लाइफको वेबसाइटमार्फते विवरण भरेर डाइनामिक क्यूआर प्राप्त गर्न सक्नेछन् ।

बिमितले देशभरि रहेका १७८ शाखा कार्यालय वा घरमै बसेर सूर्यज्योति लाइफको वेबसाइटमा गई सर्भिस अप्सनमा आफ्नो बिमालेख र पोलिसी नम्बर राखी यो सुविधा सजिलै लिन सक्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

पूँजीगत बजेट ५० अर्बले बढ्यो (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ

बजेटमा राजस्वमार्फत १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ उठाउने

काठमाडौँ । सरकारले आगामी वर्षका लागि विनियोजन गरिएको बजेटमा राजस्वमार्फत १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ उठाउने भएको छ

बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने

काठमाडौँ । सरकारले काभ्रेको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज…

काठमाडौँ । सरकारले काठमाडौँ विश्वविद्यालयमा स्वर्गीय सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापना गर्ने भएको छ

२०८१ देखि २०९१ लाई कृषि दशक मनाइने

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कृषिमा लगानी बढाउन २०८१ देखि २०९१सम्म कृषि दशक मनाउने घोषणा गरेका छन् । संघीय संसद्को

Techie IT