Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो

शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो


काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा पुगेको छ ।

मौद्रिक नीतिको तेस्रो समीक्षापछि शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । गएको शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समीक्षामा बैंक तथा वित्तीय संस्थाले एक वर्ष पुगिसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसअघि एक प्रतिशतमात्र बिक्री गर्न पाउने व्यवस्था थियो ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, बैंकिङ, उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त रेरुडे मिर्मिरे लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मान्डु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज एक करोड २२ लाख कित्ता शेयर पाँच अर्ब २५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

पोखरा । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा

शेयर बजारमा कारोबार रकम झन्डै ५ महिनायताकै उच्च

काठमाडौँ । लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव

बंगलादेशले नेपालको ४० मेगावाट बिजुली किन्ने क्याबिनेट समितिबाट स्वीकृत

काठमाडौँ । बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएको छ । बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट

शेयर बजार आज पनि बढ्यो

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अङ्कले बढेर २

‘नाडा अटो शो २०२४’ का लागि स्टल बुकिङ भोलिदेखि

‘नाडा अटो शो’का लागि स्टल बुकिङ बिहीबारबाट खुला काठमाडौँ । आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयाजना हुन लागेको ‘नाडा

थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी छः अध्यक्ष नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको

Techie IT