Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थसाइकल र्‍यालीमा सहभागि हुन सांग्रिलाको आह्वान, रजिस्ट्रेसन खुला

साइकल र्‍यालीमा सहभागि हुन सांग्रिलाको आह्वान, रजिस्ट्रेसन खुला


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा आयोजना गर्न लागिएको साइकल र्‍यालीमा सहभागि हुन आह्वान गरेको छ ।

१९ जेठ (विश्व वातावरण दिवस) मा आयोजना हुने साइकल र्‍यालीका लागि रजिस्ट्रेसन खुल्ला गरिएको भन्दै बैंकले सहभागिताका लागि आह्वान गरेको हो ।

‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बीवाईडी तथा अन्य संघसंस्थाहरूसँगको सहकार्यमा साइकल र्‍याली आयोजना गर्न लागिएको बैंकले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

साइकल र्‍यालीमा सहभागी हुन चाहने इच्छुक व्यक्तिले १६ जेठसम्म https://www.shangrilabank.com/cyclerally/ लिंकमार्फत निशुल्क रजिस्ट्रेसन दर्ता गर्न सक्ने बैंकले जनाएको छ ।

साइकल र्‍याली १९ जेठ बिहान ७ बजेदेखि सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, शहीद गेट, त्रिपूरेश्वर रंगशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन हुने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT