Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थइसेवाको ब्रान्ड एन्डोर्सरमा कलाकार सुमन कार्की

इसेवाको ब्रान्ड एन्डोर्सरमा कलाकार सुमन कार्की


काठमाडौँ । इसेवा लिमिटेडले कलाकार सुमन कार्कीलाई ब्रान्ड एन्डोर्सर बनाउने सम्झौता गरेको छ । मंगलबार इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम र कलाकार कार्कीबीच ललितपुरको पुल्चोकस्थित इसेवाको मुख्य कार्यालयमा एक औपचारिक कार्यक्रममार्फत सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस साझेदारीको बारेमा बोल्दै इसेवाका चिफ बिजनेस अफिसर गौतमले इसेवाको आगामी दिनहरूमा हुने प्रचारप्रसारको क्रममा कार्कीको महत्त्वपूर्ण भूमिका हुने बताए । लोकप्रिय नेपाली रियालिटी शो कमेडी च्याम्पियनबाट हास्य कलाक्षेत्रमा प्रवेश गरेका कार्की नेपाली हास्य व्यगं क्षेत्रमा छोटो समयमै असाधारण लोकप्रियता पाउने कलाकारको रूपमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।

आउने दिनहरूमा इसेवाले गर्ने विभिन्न कार्यक्रम तथा योजनाहरूमा उनको कलाकृत मार्फत ग्राहकहरूलाई मनोरञ्जनात्मक शैलीद्वारा प्रचारप्रसारमा मद्धत पुग्ने विश्वासको साथ यो सम्झौता गरिएको पनि चिफ बिजनेस अफिसर गौतमले बताए । इसेवा र कार्की बीचको यस साझेदारीले ब्रान्डको प्रचारप्रसारसँगै दर्शक र ग्राहकहरूले रमाइलो शैलीको प्रस्तुत सामग्रीहरू पनि देख्न पाउनेछन् ।

इसेवाको हाल नेपालको ७७ वटै जिल्लामा पहुँच छ । सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि आठ वटा शाखा कार्यालय र तीन वटा सम्पर्क कार्यालय नेपालभरका प्रमुख सहरहरूमा अवस्थित रहेका छन् । यस कम्पनीसँग ८० लाखभन्दा बढी दर्ता भएका ग्राहकहरू, दुई लाख ५० हजारभन्दा बढी एजेन्टस्, ४९ बैंक तथा वित्तीय संस्था, ४५ लघुवित्त र दुई हजार २०० भन्दा बढी इसेवा क्यास पोइन्ट तथा तीन लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT