Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थबजेट आएकाे भाेलिपल्ट शेयर बजार २३ अङ्कभन्दा धेरैले घट्याे

बजेट आएकाे भाेलिपल्ट शेयर बजार २३ अङ्कभन्दा धेरैले घट्याे


काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमा पुँजीबजारलाई खासै सम्बोधन नगरेको लगानीकर्ताले बताएका छन् । बजेटपछिको पहिलो कारोबारमा शेयर बजार २३ दशमलव ८१ अङ्कले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज बजार घटे पनि काराेबार रकम भने बढेकाे छ । आज तीन सय १४ वटा कम्पनीको एक करोड सात लाख कित्ता शेयर चार अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पाेखरा फाइनान्स र सीईडीबी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीकाे १९ कराेड रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT