Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थबजेट वास्तविक धरातलमा नआएको गगनको टिप्पणी

बजेट वास्तविक धरातलमा नआएको गगनको टिप्पणी


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष २०८१–८२ का लागि संसदमा पेश गरेको बजेट वास्तविक धरातलमा नआएको टिप्पणी गरेका गरेका छन् ।

बजेटको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिँदै सांसद थापाले अर्थमन्त्रीमा बजेटमा जे लेखे पनि हुन्छ भन्ने मानसिकता बोकेर आएको टिप्पणी गरे । बजेटमा कार्यान्वयनमा हुन नसक्ने र जवाफ दिनु नपर्ने मानसिकता बोकेर नआएको दाबी गरे ।

छलफलमा भाग लिँदै थापाले भने, ‘यहाँ जे लेखे पनि हुन्छ, माइ वाप छैन भन्ने मानसिकता देखिएको छ । वातविकतामा आधारित छैन । यो वर्ष ३ अर्ब वैदेशिक सहयोग आएको छ तर बजेटमा ५२ अर्ब आउने दाबी गरिएको छ । आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउँछु भन्नु भएको छ त्यसको आधार के ? बहुमत छ, पास गरिदिन्छु भन्ने सोचे छ । आलोचना गरे पनि पास गरिदिन्छु भनेकै छन् । पास भइहाल्छ भनेर बजेट ल्याइएको छ ।’

उनले बजेटको आलोचना गर्नुभन्दा पनि अर्थमन्त्रीलाई प्रश्न सजिलो भएको उल्लेख गरे । अहिले विरोध गरे पनि कार्यान्वयन गर्ने बेला आफैले काँध हाल्नुपर्ने हो कि भन्दै थापाले व्यंग्य गरे । उनले बजेटमा सबैभन्दा ठूलो अभाव विश्वसनीयता रहेको बताए । बजेट निर्माणमा प्रधानमन्त्री उदासीन रहेकाले कार्यान्वयन हुनेमा उनले आशंका समेत जनाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ ३०० ले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको

एनसेल एपमा अब माछापुच्छ्रे बैंककाे प्लेटफर्ममार्फत भुक्तानी सुविधा

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता

सुनको मूल्य एकैदिन तोलामा २ हजार ७०० ले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार एकैदिन २

सिजी मोबाइलले नेपाली बजारमा ल्यायो नथिङका नयाँ स्मार्ट वाच र…

काठमाडौँ । नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले

जाजरकोटको खलंगामा प्रभु बैंकको ३०७औँ शाखा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ मा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले खलंगा

सुनको भाउ १ हजार ९०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ १ हजार ९०० रुपैयाँले बढेको छ । आज सुनको भाउ १ हजार ९००

Techie IT