Techie IT
२०८१ चैत्र ९, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थब्रो बेकरीको नयाँ आउटलेट बालुवाटारमा

ब्रो बेकरीको नयाँ आउटलेट बालुवाटारमा


काठमाडौँ । स्वादिलो बेकरी परिकारले ग्राहकलाई आकर्षित गरिरहेको ब्रो बेकरीले बालुवाटार चण्डोलमा नयाँ आउटलेट बिस्तार गरेको छ । कुकिज, केक, कपकेक जस्ता बेकरीका सम्पूर्ण परिकार यहाँ उपलब्ध हुने सञ्चालक विनोद ओझाले बताए ।

बेलायतबाट फर्किएका ओझाले सन् २०११ मा बेकरी उद्यम सुरु गरेका थिए । नेपाली उपभोक्तामाझ स्वादिलो र गुणस्तरीय बेकरी परिकार पेश गर्ने ध्येयले फ्रान्सबाट कच्चा पदार्थ ल्याएर अनेकथरी परिकार बनाउँदै आएको छ । साथै इटाली, बेलायतसहित युरोपका विभिन्न देशबाट उनले आवश्यक कच्चा पदार्थ मगाउने गरेका छन् । विनोदका अनुसार उनले संसारकै स्तरीय चकलेट, नौनी र पीठोबाट बेकरी परिकार बनाउने गरेका छन् ।

काठमाडौँको बसुन्धरामा ६० लाख रुपैयाँको लगानीबाट थालेको यो व्यवसाय अहिले पुल्चोकको लबिम मल र पोखरामा बिस्तार भइसकेको छ ।

ओझाले फ्रान्सबाट बेकरीसम्बन्धी विशेष कोर्स गरेका छन् । फ्रान्सलाई बेकरीको हब मानिने भएकाले त्यहाँको सिकाइ प्रभावकारी हुने उनले बताए । ‘बेकरीको सही स्वाद चखाउनका लागि मैले फ्रान्समा १० दिनको प्राइभेट कक्षा लिएँ,’ उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘ग्लोबल मनी वीक २०२५’ चल्दै

काठमाडाैँ । ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक– २०२५’ गएको सोमवारदेखि शुरू भएको छ

तनहुँमा यातायात कार्यालयलाई ५ रोपनी जग्गा दान

तनहुँ । बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय

कटहरका रुख सुकेपछि किसान चिन्तित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

खोटाङमा स्वरोजगार बनाउन ४ सय राँगा वितरण गरिँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम शुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

Techie IT