Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थपेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाडौँ । शनिबार रातिदेखि नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।

मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायललगायतका स्थानहरुमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४ रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम हुने जनाइएको छ ।

त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौँ, पोखरा र दिपायललगायतका स्थानहरुमा प्रतिलिटर १५२ रुपैयाँ, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ पर्ने निगमले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव

सुनको मूल्य स्थिर

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा

प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा पनि बिजुलीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको

नविल बैंकले ल्यायो ‘द नविल ढुक्क घर कर्जा’ योजना

काठमाडौँ । नविल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१

ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

काठमाडौँ । ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बैंकका अनुसार बुधबार बैंकको निक्षेप ५ खर्ब १

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ । सुनको भाउले अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेर अहिलेसम्मकै

Techie IT