Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थहिरोको एक्सचेञ्ज मेला: जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ साट्न सकिने

हिरोको एक्सचेञ्ज मेला: जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ साट्न सकिने


काठमाडौँ । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले पहिलोपटक ‘हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ ।

यो योजना असार ६ गतेदेखि असार १५ गतेसम्म चल्नेछ । यो अवधिमा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजारभन्दा आठ हजार बढीको मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।

एक्सचेञ्ज अफरमा सात हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट पनि वितरण गरिने सीजी मोटर्सले बताएको छ ।

एक्सचेञ्ज अफरमा ग्राहकले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, स्प्लेन्डर र जुमका दुई पांग्रे सवारी लिन सक्नेछन् । सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानमा ५० भन्दा बढी हिरो सोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT