Techie IT
२०८१ साउन १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थनबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच कृषि प्रवर्द्धनका लागि समझदारी

नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच कृषि प्रवर्द्धनका लागि समझदारी


काठमाडौँ । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच कृषि प्रवर्द्धनका लागि समझदारी भएको छ ।

नबिल बैंक र मुक्तिनाथ कृषिले कृषि प्रवर्द्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि समझदारी गरेको जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्राहकहरूको आवश्यक वित्तीय र गैरवित्तीय सेवाहरूमा पहुँच विस्तार गर्ने मुख्य उद्देश्य राखेर यो समझदारी गरिएको छ । नबिल बैंकले हरित वित्तपोषण र कृषि सम्बन्धी परियोजना विकास तथा कार्यान्वयनमा यो समझदारी महत्त्वपूर्ण हुने जनाएको छ ।

यस सम्झौताअनुसार, नबिल बैंकले कृषि लगानीका लागि बजार विस्तार तथा क्षमता अभिवृद्धि गर्नेछ । मुक्तिनाथ कृषि कम्पनीले तालिम तथा विकास, सल्लाहकार सेवा, ग्राहक र कर्मचारीलाई खाद्य साक्षरता अभिवृद्धि गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । नबिल बैंकका सिइओ ढुंगानाले देशको अर्थतन्त्रमा कृषिको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यसको विकासमा बैंक सहयोगी बन्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्

शेयर बजार ५४ अङ्कले बढ्यो

काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार

सीजीले दियो नेपाली क्रिकेट टिमलाई १० लाख

काठमाडौँ । वाइवाइले आईसीसी ट्वान्टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप उपलब्ध गराउने भनिएको रकम बुधबार हस्तान्तरण गरेको छ । चौधरी ग्रुपअन्तर्गत

सुनको मूल्य एकैदिन २ हजारले बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य २ हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८००

अनलाइनबाट बिजुलीको बिल बिहान ८ देखि राति १२ बजेसम्म तिर्न…

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ । यसअघि बिहान १० बजेदेखि राति १०

सरकारले ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का…

काठमाडौँ । सरकारले युरिया मल आयातका लागि ठेक्का खुलाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया

Techie IT