Techie IT
२०८१ साउन ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजारमा कारोबार रकम ७ अर्ब रुपैयाँ नाघ्यो

शेयर बजारमा कारोबार रकम ७ अर्ब रुपैयाँ नाघ्यो


काठमाडाैँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अङ्कले बढेर २ हजार २ सय ४ दशमलव ६१ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै १ वर्षपछि २२ सय विन्दुमा पुगेको हो । यसअघि गएको वर्षको साउन ७ गते नेप्से २ हजार २ सय २७ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्ट घटेर २ हजार २ सय विन्दुमा आइपुगेको शेयर बजार त्यसयता २२ विन्दुमा पुग्न सकेको थिएन ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समाज लघुवित्त कम्पनीको शेयर भने साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेर झन्डै ५ महिनापछिकै उच्च भएको छ । आज ३ सय ३१ वटा कम्पनीको २ हजार २ लाख कित्ता शेयर ७ अर्ब ८० लाख रुपैयाँमा कारोबार भएको छ । यसअघि गएको माघ ७ गते साढे ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यूएसएडद्वारा २४ वर्षमा झन्डै दुई खर्ब रुपैयाँ सहयोग

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड)ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा १ खर्ब

सुनको मूल्य दुई हजार घट्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला

मौद्रिक नीति आज नआउने

काठमाडौँ । चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। आज दिउँसो ४ बजे ल्याउने

आज सुनको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलाको ३०० ले घटेर १ लाख

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्

शेयर बजार ५४ अङ्कले बढ्यो

काठमाडौँ । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार

Techie IT