गृहपृष्ठ ∕
अर्थ ∕
शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा
काठमाडौँ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ ।
शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ सालको वैशाख २५ गते शेयर बजार दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको थियो ।
आज बैंकिङ, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज बलेफी हाइड्रोपावरको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई करोड ४७ लाख कित्ता शेयर सात अर्ब ६२ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड