Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थअर्थमन्त्रीले चलाखी गरी बजेट ल्याएको माओवादी सांसदको आरोप

अर्थमन्त्रीले चलाखी गरी बजेट ल्याएको माओवादी सांसदको आरोप


काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको विरोध गरेका छन्। सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभाको आइतबारको बैठकको छलफलमा सहभागी हुँदै उनले बजेटको विरोध गरेका हुन्।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सांसद शाहीले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रमसँग मेल नखाने पनि बताए। ‘यो बजेट पनि संघीयताको मूलमर्ममा केन्द्रित नभएर ल्याइयो। मन्त्री भएकै ठाउँमा बजेट ल्याउने हो भने ठूलो समस्या सिर्जना गर्छ। सांसद सबैलाई सायद यो बठ्याँइ होला अर्थमन्त्रीको, यो बजेटलाई पास होस्, सर्वसम्मति होस् भन्ने हिसाबले पाँच करोड छुट्याइएको छ।’

उनले बजेट निर्माणका क्रममा अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल नगरेको संकेत मिलेको बताए। ‘बजेट र नीति तथा कार्यक्रम हेर्दा म्याच भएको मैले अनुभूति गरिनँ। सायद प्रधानमन्त्री र अर्थमन्त्री बीचको भेटघाट नभएको अनुभूति गरेको छु। नीति तथा कार्यक्रम एकातिर छ र बजेट अर्कोतिर भएको मैले यहाँ अनुभूति गरेको छु।’ उनले भने।

वर्तमान समयमा नेपालमा विदेशी लगानी आकर्षण गर्ने योजना अगाडि सार्नुपर्ने बजेट आउन नसकेको सांसद शाहीको भनाइ थियो। विदेशी लगानीकर्तालाई जलविद्युत्, खानी, कृषिका क्षेत्रमा आकर्षण गरी अहिलेको आर्थिक संकट समाधान गर्नुपर्ने उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन

आजबाट सुरु हुने लगानी सम्मेलनमा १ हजार ६ सय जनाको…

काठमाडौँ । आजबाट शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ सय

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

Techie IT