Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थसेयर बजार घट्यो

सेयर बजार घट्यो


काठमाडौँ । आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा अडिएको छ ।

अघल्लो कारोबार दिन मंगलबा नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेको थियो । सो दिन १४ अर्ब ११ करोड मूल्यको सेयर कारोबार भएको थियो । नेप्से दोहोरो अंकले ओरालो लागेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढी हो ।

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भयो । बोटलर्स नेपाल (तराई) र एसियन हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि भएको हो ।

यसैगरी चन्द्रगिरी हिल्सको ९.९७,समृद्धि फाइनान्सको ९.६५ र आरम्भ चौतारी लघु्वित्त वित्तीय संस्थाको सेयर ९.१७ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

शिवम् सिमेन्टको ३४ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा अपर तामाकोशीको २९ करोड, हिमाल दोलखा हाइड्रोपावरको २३ करोड र सानिमा जीआसी इन्स्योरेन्सको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

Techie IT